ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि झापाबाट पक्राउ -
Comments Add Comment

ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि झापाबाट पक्राउ

काठमाडौँ । ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि झापाको काँकडभिट्टा बजारबाट पक्राउ गरेको छ । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका सौरभ तामाङलाई झापाबाट पक्राउ गरिएको भोजपुरका डीएसपी सुदिप पाठकले बताए ।

अरुण गाउँपालिका–४ बस्ने सिताराम राईको हत्या गरेको मुद्दामा भोजपुर जिल्ला अदालतले उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । २०७७ फागुनमा फैसला भएपछि उनी फरार थिए । २०६८ सालको सो हत्यामा संलग्न अरु दुईजना फरार छन् ।

सिताराम राईले चामल चोरी गरेको आरोप लगाएको र त्यसबारे गाउँमा राखिएको छलफलमा उनी नआएपछि ३ जना मिलेर घरमा गएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । धारिलो हतियार र लाठी प्रहार गरेर हत्या गरेको सो घटनामा संलग्नहरु १२ वर्षदेखी फरार थिए । अन्य दुईजना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै