हात्तीको आक्रमणबाट बारा जीतपुर सिमरामा एक जनाको मृत्यु -
Comments Add Comment

Advertisment

SKIP THIS

हात्तीको आक्रमणबाट बारा जीतपुर सिमरामा एक जनाको मृत्यु

१८ फागुन , काठमाडौ । बारामा हात्तीको आक्रमणबाट जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन् ।

दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् । यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन् । स्थानीय समाजसेवी रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ ।

हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिती रहेको सापकोटाले जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्ज छेउमै पर्ने भएकाले हात्तीको त्रास गाँउमा बढदो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment