Comments Add Comment

Advertisment

SKIP THIS

प्रभावशाली प्रयोगकर्ताका लागि नयाँ प्लेटफर्म ल्याउँदै मेटा : लाइभस्ट्रिम गरेर पैसा कमाउन सकिने

२२ साउन , काठमाडौं । मेटाले इन्फ्लुएन्सर अर्थात सामाजिक सञ्जालका प्रभावशाली प्रयोगकर्ताका लागि नयाँ प्लेटफर्म ल्याउने तयारी गरेको छ ।

समाचारमाध्यम ब्लुमबर्गका अनुसार मेटा ‘सुपर’ नामक लाइभस्ट्रिमिङ प्लेटफर्म ल्याउने तयारीमा जुटेको छ । यस प्लेटफर्ममार्फत इन्फ्लुएन्सरहरूले आफ्नो लाइभस्ट्रिम होस्ट गर्ने र सोही लाइभस्ट्रिममार्फत आम्दानी पनि गर्नसक्ने बताइएको छ ।

कम्पनीका अनुसार सन् २०२० मा नै तयार भएको यो प्लेटफर्मको हाल परीक्षण चलिरहेको छ र चाँडै नै सार्वजनिक हुनेछ ।

यसका लागि कम्पनीले सीमित प्रयोगकर्तालाई ३० मिनेटको २०० देखि ३०० डलर तिरेर प्लेटफर्मको परीक्षण गरिरहेको समाचारमा जनाइएको छ ।

हाल विश्वभर करिब १०० प्रयोगकर्ताले यो प्लेटफर्मको परीक्षण गरिरहेको ब्लुमबर्गको समाचारमा उल्लेख छ । लाइभस्ट्रिममा भएका विभिन्न फिचर प्रयोग गर्न अन्य दर्शक (भ्युअर) ले पैसा तिर्नुपर्ने हुन्छ । साथै लाइभस्ट्रिम मनपरेमा ‘टिप’ को रुपमा थप पैसा दिन सकिन्छ ।

अहिले यो प्लेटफर्म वेबमा मात्र आधारित छ । कम्पनीले फेसबुकको लाइभ शपिङ फिचर अक्टोबर १ देखि बन्द गर्ने घोषणा गर्ने लगत्तै सुपर लाइभस्ट्रिमिङ प्लेटफर्मको चर्चा हुन सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै