Comments Add Comment

Advertisment

SKIP THIS

दयाहाङ राईलाई दोस्रो पुत्रलाभ

७ असोज , काठमाडौँ । अभिनेता दयाहाङ राईको दोस्रो सन्तान छोरा भएको छ । उनकी पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् ।

दयाहाङको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । छोरा भएपछि उनी सुटिङबाट अस्पताल पुगेका छन् ।

२०६५ सालमा विवाह गरेका दयाहाङ र बेनुकाको २०६९ सालमा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै