विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय -
Comments Add Comment

विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

२४ जेठ , काठमाडौ । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय भएको जानकारी दिए ।

विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो । मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment