१४ मंसिर , काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।






