Comments Add Comment

Advertisment

SKIP THIS

चीनमा हेनिपाभाइरसबाट ३५ जना संक्रमित

२६ साउन , काठमाडौं । चीनमा पछिल्लो समयमा फेला परेको नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना सङ्क्रमित भइसकेको बताइएको छ ।

जनावरबाट सर्ने उक्त नयाँ भाइरस चीनको हेनान र साङ्दोङ प्रान्तमा ३५ जना सङ्क्रमित भइसकेका जनाइएको छ । उक्त भाइरस संक्रमितमाथी वैज्ञानिकहरूले निगरानी गरिरहेका छन्।

सङ्क्रमित धेरैलाई ज्वरो, थकान र खोकीजस्ता लक्षण देखिएको छ। यो भाइरस जनावरबाट मानिसमा सरेको वैज्ञानिककाे ठम्याइ छ। लाङ्ग्या भाइरस मानिसबाट मानिसमा सर्ने कुरा पुष्टि भइसकेको छैन। अनुसन्धानकर्ताहरूले यो भाइरस छुचुन्द्रो प्रजातिको एक जनावरमा रहने गरेको पत्ता लगाएका छन्।

अनुसन्धानकर्तामध्येका एक सिङ्‌गापुरको ड्युक(एनयूएस मेडिकल स्कुलका वाङ लिन्फाले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग यो भाइरस घातक वा गम्भीर नभएको र यसबाट आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्।

यद्यपि प्रकृतिमा रहने कतिपय भाइरसले मानवलाई सङ्क्रमित गरेपछि अकल्पनीय परिणाम आउने गरेको भन्दै वाङले यसबाट सजग रहनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै