१२ असार ,काठमाडौ । नेपाल विद्युत प्राधिकरणले भोलि असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुन सक्ने जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएकाले असार १३ देखि १९ गतेसम्म विद्युत कटौती हुन सक्ने जनाएको हो ।
प्राधिकरणले आज ९शनिवार० एक सूचना जारी गर्दै खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन बन्द हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरूका लागि छोटो समयका लागि विद्युत कटौती हुन सक्ने जनाएको छ ।
निर्धारित समयअगावै प्रसारण लाइन जोड्ने काम सकिए सोहीअनुसार विद्युत आपूर्ति गरिने पनि सूचनामा उल्लेख छ । कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म विद्युत् कटौती कम गर्ने प्राधिकरणको तयारी छ ।