Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको कविता : फाटेको जुत्ता

मलाई मन परेको जुत्ताको पैताला फाटेको छ
मानौ म मनपरेको युगको समयमा हिँडिसकेँ
समयसँगै बिभेदजन्य पुस्ताहरूको बिचारमा
मेरो मन कदाचित् स्वरूपहरूमा फाटेको छ।

मलाई मन परेको जुत्ताको फित्ता फाटेको छ
माानौँ मेरो परेको समाजको कित्ता फाटेको छ
बिभक्त छन् समाज बिभिन्न उत्सर्गका कित्तामा
मेरो मन कदाचित् समाजको भेदमा फाटेको छ।

मेरो मन परेको जुत्ताको आफ्नो रंङ्ग उडेको छ
मानौ मेरा मनपरेका बिचारहरूकोअर्थ उडेको छ
म आफ्नैआर्दशका बिचारका रंगहरू उडाईरहेछु
मन कदाचित् नबबादको नाटकमा फाटेको छ।

मेरो मन परेको जुत्ताको आकार बिग्रेको छ
मानौ मेरो मन परेको समजको सोच बिग्रेको छ
मआफ्नैसोचमा बदलिएको समाजमा एकलो छु
मन कदाचित् समाजको आकारमा बिग्रेको छ।

फाटेको जुत्ताले फेरि मलाई समय सिकाई दिन्छ
समयकोगतिले समाजको स्वाभाव सिकाईदिन्छ
स्वभावलेभिन्नप्रवृतिका मानिसहरू चिनाईदिन्छ
मेरो मन कदाचित् आफ्नै समय खोजिरहन्छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै