Comments Add Comment

Advertisment

SKIP THIS

निषेधाज्ञाको कार्यान्वयन गराउदै ; प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापा

१३ जेठ , काठमाडौँ । निषेधाज्ञाको कार्यान्वयन गराउदै जिल्ला प्रहरी कार्यालय लमजुङ प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापा सहितको टिमले जिल्लाको निरीक्षण गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङका कार्यालय द्वारा जारी निषेधाज्ञा लाई थप कडाइका साथ लागु गर्ने भएको छ ।

भर्खरै जारी कोबिड १९ संकट व्यवस्थापन अध्याधेश २०७८ बमोजिम निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति,संस्था र सवारीसाधन हरु माथि अनावश्यक आवातजावत लाई नियन्त्रण गर्ने सम्बन्धमा जिल्ला कोबिड संकट व्यवस्थापन केन्द्रको कार्यान्वयनलाई थप कडाइ गर्नआग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापा र जिल्ला प्रशासन कार्यालय लमजुङका लेखापाल रमेश बि क लगायतको टोली द्वारा बेशीसहर नगरपालिकाको मालपोत चोक देखि नारायणस्थान पुरानो बैकचोक,मनाङे चौतारा हुदै घले गाउँ चोक देखि शेरा चोक हुँदै भकुण्डे, उदिपुर, भोटेओडार पाउदी चोकमा पुगि तँहा वरपर क्षेत्रका पसलहरुमा स्वास्थ्य मापदण्ड पूरा गरि सामानहरु बिक्री वितरण गर्नुहुन सल्लाह सुझाव दिदै मातहत प्रहरी कर्मचारीलाई चेकजाचमा थप कडाइ गर्नुहुन निर्देशन दिएको छ ।

पुनः पाउदीचोक हुदै सुन्दरबजार वरपरका क्षेत्रहरुको पनि अनुगमन पश्चात् निषेधाज्ञा को परिपालना पूरा गरेको पाइयो ।

तथापि घर भित्रै बस्न अनावश्यक हिडडुल नगर्न ,निषेधाज्ञा को समयमा पनि हिडडुल गर्नुपरेमा सम्बन्धित निकायको अनुमती बिना हिडडुल नगर्न अनुरोध छ। सो को उल्लंघन गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत अवगत गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै