Comments Add Comment

रक्तदान गरी मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव

२२ भदौ , काठमाडौँ । जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७ औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन्।

उनी नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गई रक्तदान गरेका केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। रक्तदानपछि अध्यक्ष लिङ्देनले भने, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।”

केन्द्रका निर्देशक पौडेलले भने, “रक्तदानका बारेमा जनचेतना जगाउन आवश्यक छ । हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान गरेमा समुदायलाई रक्तदान गर्न उत्प्रेरणामा सहयोग मिल्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै