Comments Add Comment

Advertisment

SKIP THIS

जावलाखेल युथ क्लब फाइनलमा

४ फागुन , काठमाडौ । संकटा क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा जावलाखेलले संकटामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

सर्लाहीको वाग्मतीस्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा खेलिएको पहिलो सेमिफाइनल खेलको ५०औं मिनेटमा जावलाखेलका सुनील खड्काले गोल गरे । खड्काले गरेको गोल नै निर्णायक बन्यो । हिसुब थपलियाको पासमा खड्काले गोल गरेका थिए ।

मध्यान्तरसम्म गोलरहित बराबरीमा रहेकोमा मध्यान्तरपछि भने जावलाखेलका खेलाडीहरू रणनीति परिवर्तन गर्दै मैदानमा प्रवेश गरेका थिए ।

पहिलो सेमिफाइनल खेलमा जावलाखेलका हिसुव थपलिया म्यान अफ द म्याच भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । दोस्रो सेमिफाइनल खेल शुक्रबार सुदूरपश्चिम–११ र मछिन्द्र फुटबल क्लबबीच हुनेछ । राजर्षि जनक कप उपाधिका लागि भने आइतबार खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment