Comments Add Comment

तारकेश्वर नगरपालिकाले गर्यो हिलेडोल देखी जरङ्खु सम्मको सडकमा बत्ती बाल्ने काम सुरु

तारकेश्वर नगरपालिकाको वडा नं. ११ मा खोलाको करिडोरमा अँध्यारो हटाउन “सुरक्षा र स्वच्छता” को दोहोरो उद्देश्यले बत्तीहरू प्रभावकारी रूपमा स्थापना गरिएको छ।

नगरवासीहरूको लगातारको गुनासोपछि गरिएको यस पहलले खोलामा फोहोर फाल्ने बानी र चोरीजस्ता अव्यवस्थामा तत्काल कमी ल्याएको छ।

वडा अध्यक्षको जानकारी अनुसार, बत्ती स्थापनापछि स्थानीय बासिन्दाको “राति हिड्न डर लाग्ने” समस्या समाधान भएको छ भने खोलामा अनियन्त्रित फोहोर फाल्ने घटनामा पनि ८०% ले कमी आएको छ।

उनले यो क्षेत्रलाई चोरीको हटस्पट बन्द बनाउन पनि बत्ती जडानको निर्णय गरिएको पुष्टि गरे।

नगर प्रमुख कृष्णहरि महर्जनले यस कार्यका पछि दुई ठोस कारण रहेको बताए :-

१. “खोलालाई फोहोरबाट मुक्त गर्ने” अभियानसँग समन्वय,

२. “बढ्दो सामुदायिक सुरक्षा चासो” को जवाफ।

उनले थपे, “बत्तीले मानिसलाई मात्र होइन, असल वातावरण कायम गर्न पनि सहयोग गर्छ।”

यस पहलले वडा ११ का बासिन्दामा “स्वच्छ सरसफाइ र निश्चिन्तता” को नयाँ आशा जगाएको छ।

नगरपालिकाले सोझै खोलामा फोहोर फाल्नेलाई जरिवाना गर्ने पनि घोषणा गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै