Comments Add Comment

पशुपति क्षेत्रमा मदिरा र गाँजा बिक्री तथा सेवन गरे कारवाही

१५ मंसिर काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गरेर भोलि १६ मंसिरमा पर्ने बाला चतुर्दशी पर्वका दिन पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसी बत्ती बाल्ने कार्यक्रम रहेको जानकारी गराउँदै मन्दिर परिसरमा मांस–मदिरा तथा नशालु पदार्थको बिक्री–वितरण तथा सेवन नगर्नरनगराउन अनुरोध गरेका हुन् ।

साथै, सूचनामा उल्लेख भएकोभन्दा विपरित क्रियाकलाप भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।

बाला चतुर्दशीको दिन रातभर जाग्राम बसी बत्ती बाल्ने र भोलिपल्ट बिहान बाग्मती नदीमा बत्ती विसर्जन गरी पशुपति क्षेत्रका मठ–मन्दिर, देवालय, शिवालय, कैलाश चौर, मृगस्थली, मृगवटिकाको भागलभुगल महादेव लगायका स्थानहरुमा सद्वीज छर्ने कार्यक्रम रहेको जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment