Comments Add Comment

Advertisment

SKIP THIS

चित्तलको १७ केजी सुकुटीसहित दाङबाट प्रहरीले तीन जनालाई पक्राउ

काठमाडौं : चित्तलको १७ केजी सुकुटीसहित दाङमा तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा लमही नगरपालिका – ६ का ४५ बर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका – ६ का ३० बर्षीय मनोज थापा मगर र सोही ठाउँका ३१ बर्षीय किरण केसी छन्। उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको दाङका डिएसपी राजन गौतमले जानकारी दिए।

‍घोराही उपमहानगरपालिका – ३ स्थित कुइरेपानी जंगलमा चेकजाँचका लागि खटिएको प्रहरील टोलीले लमहीबाट घोराही आउँदै गरेको रा २ प ६१९५ र बा १९ प ११०७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चित्तलको सुकुटी फेला पारेको हो।

बा १९ प ११०७ नम्बरको मोटरसाइकलको पछाडि सवार किरण केसीले बोकेको झोलामा सुकुटी बरामद भएको डिएसपी गौतलमे जानकारी दिए। पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय घोराहीमा पठाइएको प्रहरीले जनाएको छ।

बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र दाङको वन जंगलमा विचरणका लागि आउने जंगली बँदेल, चित्तल, जरायो लगाएका वन्य जन्यको चोरी सिकारी हुँदै आएको छ।

त्यस्ता वन्य जन्तुको सिकार पछि सुकुटी बनाइ महंगो मूल्यमा बिक्री वितरण गर्ने समूह सीमावर्ती क्षेत्रका जंगलमा सक्रिय रहँदै आएको छ। त्यस्तो गतिविधि रोक्न प्रहरीले पनि सक्रियताका साथ चेकजाँच र गस्तीलाई तीव्र बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै