११ चैत , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रति तोला ६ सय रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनप्रति तोला एक लाख चार सय रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।






