Comments Add Comment

Advertisment

SKIP THIS

स्याङ्जा प्रहरीले फरार प्रतिवादी शंकर सुवेदीलाई २० वर्षपछि पक्राउ

०६ फाल्गुन , काठमाडौं । ज्यान मार्ने तथा चोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका-५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।

शंकरले आँधिखोला गाउँपालिका-५ बस्ने बल बहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा समेत चोरी लगेको घटनाको सम्बन्धमा ज्यान मार्ने तथा चोरी मुद्दामा पुनराबेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले ५ वर्ष कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment