३ जेठ , काठमाडौ । काठमाडौं तार्केश्वरको शेसमतिमा बस दुर्घटना भएको छ ।
काठमाडौं तार्केश्वर नगरपालिकाको काभ्रेस्थलीबाट बालाजु हुदै रत्नपार्क जाँदै गरेको यात्रुबाहाक बस शेसमतिमा दुर्घटना भएको हो ।
बस सडकको दिशा छोडेर खोलामा खसेको छ । बस दुर्घटना हुदा ७ जना घाइते भएका छन् । घाइते ७ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरी वृत बालाजुले न्युज24ग्यालेक्सीलाई जानकारी दिएको छ ।
अन्य घाइतेहरुको भने सिल्भरलाईन अस्पतालमा उपचार भइरहेको छ । प्रहरी वृत बालाजुका अनुसार बसका चालक हाल फरार रहेका छन् ।







