Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोट बस दुर्घटना [अपडेट] : ३ जनाको मृत्यु‚ २३ घाइते

४ फागुन , काठमाडौ । नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताए ।

दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको डीएसपी खगेन्द्र खड्काले बताए । मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, सोही वडाका ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

उनका अनुसार बस सडकबाट २० फिट तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment