Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना

१५ पुष , काठमाडौ । दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।

आज बिहान बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्राहलय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले घटनास्थलमा प्रहरी पुगेको जानकारी दिए ।

तुलसीपुर बजारबाट एम्बुलेन्सहरू उद्धारका लागि पठाइएको छ । एसपी केसीले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment