Comments Add Comment

Advertisment

SKIP THIS

बस दुर्घटनामा ३५ जना घाइते

२० माघ , काठमाडौं । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बिहीबार बिहान दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बासगढी नगरपालिका-३ मा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर भएकोले थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पु¥याइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । अन्य घाइतेहरु समान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

बस चालक धनगढी-१७ का किशन सिंह खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त घटना सदरमुकाम गुलरियादेखि करिब ३० किलोमिटर पूर्व–उत्तरमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment