Comments Add Comment

Advertisment

SKIP THIS

कालोबजारी गृहमन्त्रालयका लागि चुनौती : गृहमन्त्री

२० पुष , काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा उनले विगतका सरकारले उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरेपनि अहिलेको सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए ।

उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनैपनि काममा नचुक्ने बताउँदै उनले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरू साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए ।

उनले उद्योगी व्यवसायीले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नु नपर्ने समेत बताए । गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे ।

उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताउँदै उनले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरूको संख्या ठूलो रहेको बताए । गृहमन्त्री लामिछानेले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने कारण नभएको समेत बताए ।
उल्लेख गर्दै कानुनीको परिधिभित्र रहेर काम गर्ने बताए ।

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्यूले ठूलो रकम देखाउनुभएको छ । यो आफैंमा मेरा लागि चुनौतीको विषय छ । हाम्रो कार्य कुशलतामा निर्भर हुने भएको हुनाले कालोबजारी चोरीपैठारी प्राथमिकतामा पर्छन् । निर्धक्क हुनूस् । हिजोको जस्तो अवस्था रहँदैन ।’

उनले थपे, ‘उद्योग, व्यवसायको सुरक्षा र उन्नतिका लागि गृह मन्त्रालयले गर्ने कुनै पनि काममा चुक्दैनौं ।’ उनले कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको भन्दै कोलोबजारी गृह मन्त्रालयका लागि चुनौतीको विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै