१५ मंसिर काठमाडौ । आज बिहान करिब ०८: २० बजेतिर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ गइरहेको बा ४ ख ७१११ नम्बरको गाडी अर्को Eicher गाडीमा ठक्कर दिदा बसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका दुई जनाको घटनास्थलमै र बाकी एक जना महिलाको टिचिङ अस्पत्तालमा मृत्यु भएको खवर स्थानियले बताएका छन ।

प्रत्यक्षदर्शीका अनुसार गाडी स्पीडमा थियो ।

मानिसहरु बसमा खचाखच भरिएका थिए । चालकले लाइसेन्स लिएको पनि करिब तीन दिन भएको थियो ।

मृतक एक जना अर्कै बसको चालक र अर्को एक जना सोही बसको सहचालक तथा अर्की महिला तथा मृतक सवैको सनाखत हुन बांकी रहेको कुरा एक जना प्रहरी अधिकारीद्वारा जानकारी प्राप्त ।

घटनाको बस्तु स्थिति बुझ्दा यो लामबगरमा जहिले पनि चालकको लापरवाहीका कारण यस्ता घटना घटिरहेको छ ।

यात्रु जथाभावी राख्ने प्रवृत्ति तथा यात्रु आफैले पनि यात्राको सुरक्षाबारे सोच्नु पर्दछ ।