Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिकाको चिसापानीमा सडक भासियो : नगरपालिकाका ईन्जिनियर मौन ?

६ चैत , काठमाडौ । काठमाडौं तार्केश्वर नगरपालिका-३ चिसापानि बाट तिनपिप्ले जाने सडक हिजो परेको १० मिनेट झरिले तहसनहस भएको छ ।

दश मिनेटको यो झरिले सडक भास्सिदा सडकमा लगाईएको वाल र वाल सङ्गै भएको प्रधिकरण बिधुतिय लाईनका ३ पोल समेतमा क्षति पुगेको छ ।

करिब २७ बर्ष पछि बन्न लागेको यो सडकमा किन तार्केश्वर नगरपालिका चुप ? के हेरिरहेका छन् नगरका प्रशासक अधिकृत ? के गदै नगरपालिकाका ईन्जिनियर ? भन्ने गम्भिर चासोको बिषय बनेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका-३ स्थित चिसापानिका स्थानिय अनुसार “उक्त भत्किएको सडक वाल बनाउनु अधि नै हामिले नगरपालिकाका ईन्जिनियर र सडक बनाउने ठेगदारलाई बारम्बार सम्झाएका थियौ तर स्थानियको कुनै कुराको चासो नलिई काम गरिएको थियो तेहि नतिजा हिजो आएको १० मिनेटको झरिले सडक तहसनहस बनायो यहि काम नगरपालिकाका ईन्जिनियर र सडक बनाउने ठेगदारले नसुधार्ने हो भने बर्खामास मा के होला ?  हेर्न बाकि छ ।”

तार्केश्वरमा यस्तो अवस्था भित्री भु-भागमा धेरै देख्न सकिन्छ तर चिसापानि र तिनपिप्ले सडक धेरै वावत जावत हुने र बस चल्ने हुदा उक्त सडकको बिबादमै सडको काम गरिदै आएको छ । उक्त सडक भास्सिदा प्रधिकरणका ३ पोल समेत लडेको छ । मानविय क्षति भने भएको छैन । थप रिपोटिङ आउन बाकी….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment