
संखुवासभा । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार मृत फेला परेका छन् ।
गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका हुन् ।
ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको प्रहरीले जनाएको छ ।
४१ वर्षीय तामाङको घर इलाम रहेको श्रेष्ठले बताए ।