डेङ्गु सङ्क्रमित २ हजार नाघे -
Comments Add Comment

डेङ्गु सङ्क्रमित २ हजार नाघे

११ कार्तिक , काठमाडौँ । चितवन जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या २ हजार नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म २ हजार १ सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । ८ हजार ८ सय ५३ जनामा डेङ्गु परीक्षण गरिएको थियो।

उनीहरूमध्ये १ हजार ४ सय ५१ चितवनका छन् । जसमा ८ सय २२ पुरुष र ६ सय २९ महिला छन् । ४ सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् । २ सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले बताए । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।

चितवनका ७ पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।

अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै