Comments Add Comment

Advertisment

SKIP THIS

झापाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित प्रहरीले २ जना पक्राउ

बिराटनगर,झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे बिशेष सुचनाको आधारमा झापाको मेचीनगर नगरपालिका-१३ चारआली स्थितमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ बर्षीय आकाश गुरुङको साथबाट १ ग्राम ब्राउन सुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोही दिन मेचीनगर-१० मियाँबस्ती स्थितमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले ३१ बर्षीय मेसरु मियाँलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरे सगै प्रहरीले पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै