२५ जेठ, काठमाडौ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।

विश्वासको मत माग्ने क्रममा सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्बिर स् अर्जुन शाह
५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए । उनलाई बहुमत सिद्ध गर्नका लागि २७ मत आवश्यक पर्थ्यो । एमालेको खनाल(नेपाल समूहले भोट दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् । मतदानमा ५१ जना सांसद नै उपस्थित रहेका थिए ।

मुख्यमन्त्रीको विपक्षमा ९ मत खसेको थियो । कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । कांग्रेसले भने ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।

माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो ।

प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।