Comments Add Comment

Advertisment

SKIP THIS

दुई घण्टाअघि नै संसद भवन पुगे : कांग्रेस सांसद

१५ फगुन , काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टीका सांसदलाई आज (आइतबार) बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको छ । त्यसअनुसार अहिले सांसदहरू संसद भवनमा पुग्ने क्रम सुरु भएको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेपछि कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् ।

संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै