७ माघ , काठमाडौ । ओमानको मस्कटमा जारी २० औँ विश्व भेट्रान्स च्याम्पियनसिप ९टेबल टेनिस० २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ ।
आज सम्पन्न पुरुष ४५ वर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनीश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् ।
नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको मस्कटबाट प्रशिक्षक अनिता महर्जनले जानकारी गराएकी छिन् ।