रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै -
Comments Add Comment

रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

११ असोज , काठमाडौँ । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोली (बुधबार) राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए ।

मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको घोषणासभा आयोजना गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् । घोषणा सभा बुधबार मध्याह्न साढे १२ बजे राष्ट्रिय सभागृहमा हुने उनले जानकारी दिए ।

मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ । मिश्रसँगै राजावादी पक्षधर विवेकशीलका नेताहरु राप्रपामा प्रवेश गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै