Comments Add Comment

Advertisment

SKIP THIS

बिहारमा विष्फोट हुँदा ६ जनाको मृत्यु

९ साउन , काठमाडौँ । भारत बिहारको एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।

सारण प्रहरी एसपी सन्तोष कुमारका अनुसार सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो । घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि भएको छ ।

उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment