Comments Add Comment

Advertisment

SKIP THIS

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरीमा तनाव

६ असोज , काठमाडौँ । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि तनाव भएको छ । स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो ।

बिहीबार बिहान गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयमा अध्ययनरत एक जना विद्यार्थीले बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले विद्यार्थीलाई ठक्कर दिएको थियो।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् । शव सडकमै राखेर प्रदर्शन गरेकाले पृथ्वी राजमार्गको गजुरी खण्डमा सवारी आवागन अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै