Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

१३ चैत , काठमाडौं । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं १० मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् ।

प्रहरीका अनुसार शनिवार साँझ दाउरा लिएर सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङलिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना हुँदा फुङलिङ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय रुपेश राईको मृत्यु भएको हो । घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा विशेष राई रहेको प्रहरीले जनाएको छ ।

घाइते राई उपचारको लागि झापामा रिफर गरिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै