Comments Add Comment

Advertisment

SKIP THIS

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

३० असार , काठमाडौँ । सिरहाको गोलबजारमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको हो ।

घर नजिकै खेतमा पानी पठाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको पारिवारिक सदस्यले जानकारी दिए ।

प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment