Comments Add Comment

Advertisment

SKIP THIS

सुधार हुँदै अर्थतन्त्र, उकासिए सूचक

२१ चैत , काठमाडौ । अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै गर्दा पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचकमा भने सुधार आएको देखिएको छ ।

नयाँ सरकार गठनसँगै चालिएका आर्थिक मितव्ययिताका कदम र अन्य अनुकूल परिस्थितिका कारण अर्थतन्त्रको सूचकमा सुधार आएको विज्ञहरूको विश्लेषण छ ।

२०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन लगत्तै निजी क्षेत्रको मनोबल उकास्न र राष्ट्रिय अर्थतन्त्र सन्तुलित बनाउन गरिएको प्रयासले समग्र आर्थिक सूचक पनि सकारात्मक लयतर्फ लागेको देखिएको छ ।

गत असार मसान्तमा २५५ अर्बले ऋणात्मक रहेको शोधनान्तर स्थिति माघ मसान्तसम्म आइपुग्दा १३३ अर्बले बचतमा छ । चालु खाता घाटा २९ अर्बमा सीमित भएको छ । विदेशी विनिमय सञ्चिति १० अर्ब ५० करोड डलरमा पुगेको छ, जसबाट ९।४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने अवस्था छ । रेमिट्यान्स आप्रवाह पनि छ खर्ब ९० अर्बमा पुगेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै