Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु , दुई जना घाइते

२९ वैशाख, काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

को ३५ प ७१३८ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ६३४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी साढे ७ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ६३४२ नम्बरको मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय नवराज राईको उपचारको क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अर्को मोटरसाइकलमा सवार दुई जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिराटचोकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर एक जनाको मृत्यु

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

डुबेर एक जनाको मृत्यु