बाह्र वर्षमा लाग्ने ‘मकर मेला’मा आज देखीएको सबारी साधनको जाम -
Comments Add Comment

बाह्र वर्षमा लाग्ने ‘मकर मेला’मा आज देखीएको सबारी साधनको जाम

२८ माघ , काठमाडौ । ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’मा आज देखीएको सबारी साधनको जाम यस्तो देखीएको छ ।

नगरले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरूप पनौतीस्थित सचीतीर्थ-त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो। मकर मेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ।

बाह्र वर्षे मकर सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्ने गर्दछ। मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन्।

मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। उक्त स्थानमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजनाअघि सारेको छ। उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था छ।

एक महिनासम्म लाग्ने उक्त मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरूपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको छ।

नगरले निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती आशापुरी सडकलाई स्तरोन्नति ९पक्की० गरी यथाशक्य सञ्चालनमा ल्याइने नगरप्रमुख भीम न्यौपानेले बताए।

न्यौपानेका अनुसार स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा ९पुण्यमाता करिडोर० ले निकै राहत दिलाउनेछ।

‘पनौती आउने विभिन्न सडकलाई मर्मतसम्भार एवं स्तरोन्नति गर्दा धर्मावलम्बीलाई सजिलो हुने अपेक्षा गरेका छौं’, न्यौपानेले भने। पनौती संघीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।

साथै, पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वार निर्माण गर्नुपर्नेछ। यीसहित भौतिक निर्माणका लागि चालू आर्थिक वर्षदेखि नै नगरले रु तीन करोडभन्दा माथि बजेट छुट्याइएको नगरप्रमुख न्यौपानेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै