Comments Add Comment

Advertisment

SKIP THIS

सत्तापक्षबाटै मन्त्रीहरुमाथि प्रश्न उठाएर राजीनामा माग्दा शर्मालाई पक्राउ गरियाे: लिङ्देन

२७ साउन ,काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् ।

शनिवार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन् ।

उनले काँग्रेस सांसद डा। सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताए । उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरुमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए ।

उनले भने,‘डा। सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो । अहिले नै किन कार्यान्वयन गरियो रु यति नै बैला , सुनिल शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरुमाथि औंला उठाउनु भयो । र फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ, राप्रपाले अहिले सत्तालाई प्राथमिकतामा राखेको छैन ।’

अध्यक्ष लिङदेनले नेपाली युवाहरु राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment