तारकेश्वर, कार्तिक १२ – आन्दोलनका क्रममा क्षति पुगेका अत्यावश्यक सामग्रीहरू पुनःस्थापनाको उद्देश्यले ‘दारी ग्याङ काठमाडौं’ले आज तारकेश्वर नगरपालिका अन्तर्गत नेपालटार ट्राफिक प्रहरी प्रभागलाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको छ।
सो क्रममा १५ थान रोड डिभाइडर र ५ थान ट्राफिक चेकिङ फ्लेक्स बोर्ड प्रभाग प्रमुखलाई हस्तान्तरण गरिएको हो।
यस सहयोगबाट सडकमा आवतजावत गर्ने सवारीसाधन चालकहरूलाई थप सुरक्षाको अनुभूति हुने अपेक्षा गरिएको छ। साथै, ट्राफिक प्रहरीले दिनरात नभनी जनताको सुरक्षा र सुविधाका लागि निरन्तर सेवा दिइरहेको भन्दै ‘दारी ग्याङ काठमाडौं’ले ट्राफिक प्रहरीप्रति सम्मान र आभार प्रकट गरेको छ।
नेपालटार ट्राफिक प्रहरी प्रभागका प्रमुखले पनि सो सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा समेत यस्ता सहकार्यले सडक सुरक्षा अभियानलाई अझ प्रभावकारी बनाउने बताएका छन्।










