Comments Add Comment

Advertisment

SKIP THIS

सुन तस्करलाई सघाएको आरोपमा नायव सुब्बा पक्राउ

१३ फागुन , काठमाडौं । सुन तस्करलाई सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नायब सुब्बा लक्ष्मण गुरागाईंलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले बताए ।

शुक्रबार दुबईबाट आएका कमल घिमिरेले ल्याएको १० वटा सुनको सिक्री गुरागाईंले रिसिभ गरेर भन्सार चेकजाँच पार गराएका थिए । फ्लाई दुबईको विमानबाट काठमाडौं ओर्लिएका घिमिरेलाई प्रहरीले पक्रेर सोधपुछ गर्दा गुरागाईंको सहयोगमा सो सिक्री भन्सार पार गराएर बाहिर ल्याएको खुलेको थियो ।

अध्यागमन कार्यालय प्रमुख शाहीका अनुसार गुरागाईं स्टोर किपर हुन् । उनले विमानस्थल भन्सारबाट पास गराएको १ किलो बराबरको १० जना सुनको सिक्री प्रहरीले बरामद गरेको छ । उनीहरु दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment