ट्राफिक प्रहरीको ठगी बिरुद्धको अपरेसनमा तिब्रता : आजै १० जना पक्राउ -
Comments Add Comment

ट्राफिक प्रहरीको ठगी बिरुद्धको अपरेसनमा तिब्रता : आजै १० जना पक्राउ

२३ असार ,काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो पश्चात सबै प्रकारका सवारी साधनको निषेध खुल्लाभएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिई यात्रु ठगी गर्ने बिरुद्द अझै सक्रियता बढाएको छ ।

ट्राफिक प्रहरीको बिशेष अपरेसन टोलीले नयाँ बसपार्क र कंलकीबाट आजै मात्र यात्रु ठगी गर्ने १० जनालाई पक्राउ गरेको छ । माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका बर्ष ३३ को लेख बहादुर गुरूङ, स्याङजाकै बर्ष १८ को सौगात सुनार, कास्की पोखराका बर्ष २३ को सन्तोष सुनार, सिन्धुपाल्चोकका बर्ष २३ को विज्ञान माझी र धादिङका बर्ष २९ को निराजन सापकोटा पक्राउ परेका छन् ।

त्यस्तै कंलकीबाट धादिङका बर्ष ३३ को पूर्ण बहादुर गन्द्रमा मगर, प्यूठानका बर्ष २६ को पदम गिरी, धनुषाका बर्ष २६ को रबि आले मगर, सल्यानका बर्ष २६ को खुमराज बि।क। र नवलपारासीका वर्ष ३२ को दिपक काफ्लेलाई पक्राउ परेका छन् ।

अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग चर्को भाडा र शुल्क असुल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

“यात्रु ठग्ने आदत छरु छ भने होसियार । सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले तपाईंलाई कुनै पनि बेला फन्दामा पार्न सक्छ ।” उहाँले भन्नुभयोस्( “गोप्य निग्रानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीब्रता दिदै आएका छौं, यात्रु ठग्ने जोसुकैलाई नियन्त्रणमा लिन्छौं ।”

पक्राउ परेका ती व्यक्ति र सवारी साधनहरू ग १ ख ५३१० हायस, ग १ ज ३८४३ ट्याक्सी, बा ५ ख १४५१ हायस, बा १४ च ७५६२ स्कार्पियो, ग ३ च ४९४ स्कार्पियो, बा १९ च ३९६२ स्कार्पियो र बा १३ च ५००६ स्कार्पियोलाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्त, नयाँ बसपार्क र कंलकी बुझाएको महाशाखाले जनाएको छ ।

तोकिएको भन्दा बढि भाडा लिएमा नजिकको प्रहरी वा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment