१३ फागुन , काठमाडौं । डाँका मुद्दामा छ बर्ष कैद र जरिवाना भई फरार एक जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन जिल्ला खैरहनी नगरपालिका वडा नं. ३ मा बस्ने कृष्ण बहादुर श्रेष्ठको छोरा कमल श्रेष्ठ रहेका छन् ।
बिभिनन् अपराध घटनमा संलग्न रही सम्मानीत चितवन जिल्ला अदालतबाट फैसला हुँदा कैद जरिवाना भई फरार रहेका ब्यक्तिलाई खोजतलास गर्ने क्रममा सम्मानीत चितवन जिल्ला अदालतको लगत नं.२३६७ मा उल्लेखित डाँका मुद्दामा ६ बर्ष कैद रु.२,६४,२७०/ जरिवाना बेरुजु रहेको प्रतिवादीलाई हाल जिल्ला काठमाण्डौं टोखा नगरपालिका वडा नं. ८ स्थित ग्राण्डी अस्पताल आसपास एरियामा लुकीछिपी बसेको कमल श्रेष्ठलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको छ ।
निज कमल श्रेष्ठलाई इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा थप कारबाहीको लागि पठाइएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जानकारी दिए ।





