६ पुष काठमाडौ । मोरङको रंगेलीका चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउको हत्यामा संलग्ल रहेको आरोपमा २ जना पक्राउ परेका छन् ।
रंगेली नगरपालिका-२ का ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगिता उराउलाइ ईलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो ।
गत मंसिर २६ गते उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन् । खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको शव घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो ।
सोही घटनाको अनुसन्धानको क्रममा उनीहरूलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुवै जनालाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






