Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ

२३ साउन , काठमाडौ । प्रहरीले काठमाडौंबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले धारापाटीमा डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-२ का २३ वर्षीय सुवास बराल र बाँके नैनापुर गाउँपालिका-२ का ३५ वर्षीय मोबिल जोलाहा रहेका छन्।

भुइँ तलामा डेरा गरी बस्ने उनीहरूलाई ब्राउनसुगर बेचबिखन गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

उनीहरूको साथबाट २० ग्राम ब्राउनसुगर फेला परेको विष्टले बताए। लागुऔषध जोख्ने तराजु, मोबाइल तीन थान, नेपाली ८२ हजार, भारु ९ हजार पनि बरामद भएको विष्टले बताए।

पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही थालिएको वृत्तले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment