Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ र उमेशराज जोशीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । आईजीपी धिरजप्रताप सिंह र एआईजी पूजा सिंह सदस्य रहेको बढुवा समितिले भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गासिंह र किरण राणलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस भएका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी । मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, वसन्तबहादुर कुँवर, अशोकसिंह, दुर्गा सिंह चन्द र किरण राणा २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

दिपक थापा, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल र सुदिप गिरी २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका हुन् ।                                                                                     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै