Comments Add Comment

Advertisment

SKIP THIS

दाङको माैरीघाटमा बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोकिँदा ४ जना सामान्य घाइते

१८ जेठ , काठमाडौं । बुधबार बिहान साढे ४ बजे दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाट खिनैटामा रोकि राखेको लु १ क ४६७२ नं. को ट्रकमा दार्चुला देखि काठमाडौं तर्फ जाँदै गरेको म १ ख ९३४ नं.को बस ठोक्किएको थियो ।

त्यस क्रमममा ट्रकका चालक २८ वर्षीय अमलेश गुप्तालाई खुट्टामा चोट लागेको छ भने बसमा सवार तीन जना यात्रु सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

घाईते सबै यात्रु डिस्चार्ज भईसकेको प्रहरीले बताएको छ । ट्रक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस अनियन्त्रित भएर ट्रकमा ठोक्किएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै