Comments Add Comment

Advertisment

SKIP THIS

गोर्खाली टोल युवा समुहद्वारा दुई आश्रमलाई सहयोग

३ पुष , काठमाडौं । दमक–५ स्थित गोर्खाली टोल युवा समुहले दमकको दुई वटा आश्रामलाई दैनिक आवश्यक सामग्री प्रदान गरेको छ । समुहले गत तिहारका अवसरमा खेलेको देउसीभैलीबाट संकलन भएको रकमबाट आश्रमलाई चाहिने आवश्यकीय समान खरिद गरि हस्तान्तरण गरिएको हो ।

समूहले दमक ४ को रत्न जेष्ठ नागरिक बृद्धा आश्रम र दमक २ मा रहेको हाम्रो बालआश्रमका बालबालिकालाई खाद्य सामग्री, लत्ता कपडा, इलेक्ट्रोनिक रोटी मेकर, पानी तताउने मेसिनलगायत संस्थाका ब्यबस्थापकहरुलाई हस्तान्तरण गरेको हो । यसैबीच उक्त समूहले गोर्खाली टोलमा बिहान सडक सरसफाईसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै