Comments Add Comment

महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली मास्क बेचेको चार जनालाई पक्राउ

१३ माघ , काठमाडौँ । काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानमा अमेरिकन ब्राण्ड 3M Mask तथा 3M Healthcare ,US को नक्कल गरी कम गुणस्तरका माक्स नेपाली बजारमा बिक्री बितरण भई रहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर , काठमाण्डौको बिशेष प्रहरी टोलीले काठमाडौं त्रिपुरेश्‍वर स्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रा.लि. र  Onest  सप्लायर्समा चेकजाँच गर्ने क्रममा अमेरिकन ब्राण्ड 3M Mask को नक्कल गरी उस्तै देखिने कम गुणस्तरको मास्क फेला परेको र पक्राउ परेका उनीहरुलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की , भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्‍ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी गाउँपालका-१ घर भई सातदोबाटो बस्‍ने २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै