Comments Add Comment

Advertisment

SKIP THIS

आजदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुग्यो

१९ चैत , काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ बढाएको छ ।

यससँगै सोमबारदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ । निगमका अनुसार भारतबाटै पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएसँगै आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको हो ।

निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

कहाँ कति मूल्य हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment